
प्रधानमन्त्री शेरबहादुर देउबा र भारत भ्रमणमा आएका संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच आज टेलिफोन संवाद भएको छ ।
टेलिफोन वार्तामा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनीहरूबीच द्विपक्षीय रूपमा विकासमा साझेदारी, जलवायु परिवर्तन र आपसी चासोका विषयमा कुराकानी भएको हो । यस्तै, कोभिड–१९ विरुद्धको लडाइँमा सहयोगसम्बन्धमा समेत टेलिफोन वार्तामा छलफल भएको थियो ।
अमेरिकाले यसअघि नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।