
विजय शाहीको निधनको झुटो खबर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
विलक्षण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका विजय शाहीको निधन भएको भनेर सामाजिक सञ्जालमा फैलिएको हल्ला असत्य प्रमाणित भएको छ । प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ ।
कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी टंकबहादुर शाहीले विजय शाहीको निधनको हल्ला झुटो भएको बताए । सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं.५ स्थित घरमा आइसकेका छन् । ‘मैले गाउँमा सम्पर्क गरेको थिएँ । सामाजिक सञ्जालमा आएको कुरा झुटो रहेछ ।’
सामाजिक संजालमा भाइरल तस्विर

