
नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै आज सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र बनेपछि चारैजना माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।
त्यसपछि माओवादी केन्द्रले कारबाही गरेपछि पदमुक्त गरिएको थियो । सांसद पदबाट मुक्त भएको तीन महिनापछि पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।