
गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका पदमुक्त भएका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
नयाँ सरकार गठनका क्रममा काँग्रेस नेतृत्वको गठबन्धनलाई साथ दिन अस्वीकार गरेको आरोपमा थापालाई उनको दल राष्ट्रिय जनमोर्चाले निष्काशन गरेको थियो । पार्टीबाट निष्कासनमा परेपछि उनको प्रदेशसभा पद गुमेको छ ।
सर्वोच्चको आदेशमा भनिएको छः ‘निवेदक थापालाई सुनुवाइको मौकासमेत प्रदान गरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८, ३२ र ३४ समेतका दल त्यागसम्बन्धी कानुनी प्रावधानका आधारमा प्रदेशसभा सदस्य पदबाट हटाएको देखिएको र निवेदकले उठाउनुभएका अन्य कानुनी प्रश्नहरुको निरुपण पूणर् सुनुवाइका अवस्थामा नै गर्नु मनासिव हुने प्रकृतिको देखिएको हुँदा अहिले अन्तरिम आदेश जारी गर्नुपरेन ।’