
सत्तारुढ दल नेपाली काँग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा छलफलमा जुटेका छ्न् । पार्टीमा देखिएको क्रियाशील सदस्यता विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेका हुन् ।
बैठकमा क्रियाशील सदस्यता सम्बन्धमा नेताहरुले छलफल गर्नुहुने जनाइएको छ ।
काँग्रेस नेता रमेश लेखकको संयोजकत्वमा रहेको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितीले साउन १३ गतेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा अन्तिम प्रतिवेदन बुझाएको थियो । तर, पदाधिकारी बैठकले क्रियाशील सदस्यता टुंगोमा पु-याउन साउन १४ गतेसम्मको लागि २४ घण्टा समय समितिलाई पुनः प्रदान गरिएको थियो ।
यसअघि बिहीबार बसेको पदाधिकारी बैठकले क्रियाशीलबारे देखिएका विवाद नेतृत्वबाट हल गर्ने निर्णय गरेको थियो। नेताहरुलाई विवाद समाधानका लागि ५ दिनको समय दिइएको छ भने ५ दिनभित्र विवाद समाधान गरी केन्द्रीय कमिटी बैठक बोलाउने तयारी कांग्रेसको छ ।
विवाद हल नभए साउन १२ मा हुने वडा अधिवेशन स्थगित निश्चित प्राय: छ। अधिवेशनका लागि अर्को मिति आजसम्म तोकिएको छैन।