
सांसद पदमा पुनर्बहाली माग गर्दै पूर्व माओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटको आजको सुनुवाइ स्थगित भएको छ ।
बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट हेर्न नभ्याएपछि शुक्रबार नयायाधीश डा.आनन्दमोहन भट्टराईको बेञ्चमा परेको थियो । तर निवेदकको कानून व्यवसायीले नै सुनुवाइ स्थगितको माग गरेपछि मुद्दाको सुनुवाइ स्थगित भएको हो ।
पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पद पुनर्वहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।