
नेपाल आयल निगम कर्मचारी संघ (अधिकारीक ट्रेड यूनियन)को अध्यक्षमा गोपालचन्द्र राई निर्वाचित भएका छन् ।
काठमाडौंमा शुक्रबार सकिएको एकताको आठौं अधिवेशनबाट राई सर्वसहमत अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशन शुरु भएकै दिन राई सर्वसहमत भएका हुन् ।
निर्विरोध भएसँगै शुक्रबार नै प्रमाणपत्र समेत प्रदान गरिएको छ । तत्कालीन एमालेर माओवादी एकीकरण भएपछि पहिलो पटक अधिवेशन भएको हो ।
निगमका सम्पूर्ण कर्मचारीहरु एक होऔं भन्ने मूल नाराका साथ तय भएको महाधिवेशन दुई संगठनहरु बीचको एकतापछिको पहिलो महाधिवेशन पनि हो ।
अध्यक्षमा निर्वाचित भएपछि राईले निविरोध निर्वाचित गरेकोमा सबैलाई बधाई दिएका छन् ।