७ बैशाख २०८२, आईतवार

कुकुरले पासपोर्ट च्यातिदिदाँ, मालिकको ज्यान बच्यो

dog eats passport and save owner life

भनिन्छ नि, कुकुर भनेको सबैभन्दा बफादार प्राणी हो । कहिलेकाहीँ त झन् कुकुरलाई पहिले नै आउने खतराबारे पनि थाहा हुने बताइएको हुन्छ । यस्तै एक घटना ताइवानकी महिलासँग भयो जो चीनको वुहान प्रान्तमा यात्राको लागि तयारी गर्दै थिइन्।

ती महिला खासमा चीनको वुहान प्रान्तका लागि जान तयार भएकी थिइन् । त्यहीबीचमा उनको घरपालुवा कुकुरले उनको पासपोर्ट च्यातिदियो । जसले गर्दा उनले आफ्नो यात्रा रद्द बाध्य गरिन् । यो ठ्याक्कै त्यही समयको कुरा जब वुहानमा कोरोना भाइरस फैलिन लागेको छ ।

वुहानमा कोरोना भाइरस प्रकोपको खबर पाएपछि उक्त महिलाले फेसबुकमा आफ्नो फ्याँकिएको पासपोर्टको साथ कुकुरको फोटो साझा गरेर उनलाई धन्यवाद दिइन्।

यही कुरालाई ती महिलाले बढो रोचक ढंगले आफ्नो फेसबुकमा सेयर गरेकी छिन् ।

https://www.facebook.com/kimi0611/posts/893804214372280