
भरतपुर माविलाई तहसनहस पार्न खोजिएको भन्दै अनेरास्ववियु चितवनले विद्यालयमा तालाबन्दी गरेको छ ।
सरोकारवालाहरुसँग छलफल नै नगरी भरतपुर माविमा व्यवस्थापन समिति गठन गर्न खोजिएकोप्रति आपत्ती जनाउँदै अनेरास्ववियु चितवनले तालाबन्दी गरेको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी चितवनका अध्यक्ष प्रकाश आचार्यले आज एक विज्ञप्ति जारी गर्दै आपत्ती प्रकट गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयका प्रधानाध्यापकले केही अराजक र भ्रष्ट व्यक्तिहरुको निर्देशनमा सरोकारवालाहरुसँग छलफल नै नगरी ठाडो आदेशमा व्यवस्थापन समिति गठन गर्न लागिएको, जसले यस विद्यालयलाई तहसनहस पारी विद्यालयको नाम निसाना नै मेटाउन उद्दत व्यक्तिहरुलाई पुनः व्यवस्थापन समितिमा ल्याउन खोजिएको निर्णयप्रति हाम्रो संगठन अनेरास्ववियुले आपत्ती प्रकट गर्दै यस विद्यालय प्रशासनले गर्दै आएको अराजक क्रियाकलापहरु नरोकिएसम्म र उक्त मागहरु पूरा नहुन्जेलसम्म विद्यालय व्यस्थापन समिति गठन गर्न नदिने गरी यस विद्यालय प्रशासन कार्यकक्षमा ताला लगाइएको व्यहोरा जानकारी गराइन्छ ।’
आफ्ना छोराछोरीलाई सरकारीमा भर्ना गर्ने अनि आफू सरकारी विद्यालयको व्यवस्थापन समितिमा बसेर सरकारी विद्यालयको तहसनहस पार्न खोज्ने कार्य अनेरास्ववियुका लागि कदापी सैह्य नुहुने अध्यक्ष अचार्यको भनाइ छ ।
