
सांसद् पदमा पुनर्वहालीको मागदाबीसहित नेकपा (एमाले)का ४ जना पूर्वमाओवादी नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा तोकिएको छ ।
यसअघि दुई पटक पेसी तोकिएको समयाभाव भएकाले ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि आज पुनः सुनुवाइ तोकिएको हो ।
पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेको भन्दै नेकपा (माओवादी केन्द्र)ले सांसद्बाट हटाएका लेखराज भट्ट, टोप बहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले गत बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेको भन्दै नेकपा (माओवादी केन्द्र)ले सांसदबाट हटाएका लेखराज भट्ट, टोप बहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले गत बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्चमा दायर गरेको रिटमा पूर्वमाओवादी नेताहरुले आफूहरु आधिकारिकरुपमा एमाले प्रवेश नगरेको र माओवादी केन्द्रको सफाइको मौकासमेत नदिइ सांसद् पदबाट कारबाही गरेको जिकिर गर्दै आफूहरुमाथि गरिएको कारबाही खारेज हुनुपर्ने मागदाबी गरेका छन् ।