
लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी छन् ।
सोमबार विज्ञप्ति प्रकाशित गरी उनले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छन् । सत्ताको चरम रस्साकस्सी चलिरहेको बेला वली एमालेमा फर्किनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
उनी केहिदिनदेखि सम्पर्कविहीन भएको चर्चा चलेको थियो । तर सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एमाले संसदीय दलमा रहेको बताएकी छिन् ।
उपनिर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित उनी यसअघि नेकपा माओवादी केन्द्रतिर लागेकी थिइन् भने सोमबार विपक्षी गठबन्धनका तर्फबाट प्रदेश प्रमुख समक्ष पेस गरिएको निवेदनमा समेत उनलाई गणना गरिएको छ ।
तर अहिले आएर वलीले आफूले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा कानूनी रुपमा ठीक नभएको भन्दै एमालेमै रहेको बताएकी हुन् ।
उनी दाङबाट निर्वाचित प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

