
कोरोनाभाइरस (कोभिड -१९) को संक्रमण फैलिएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ।
कतारले चीन, इजिप्ट, भारत, इराक, इरान, लेवनान ,बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो।
कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको छ।
कतारमा आइतबारमात्र ३ जनामा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको थियो। कतारमा हालसम्म १५ जनामा संक्रमण देखिएको छ।
कतारले संक्रमण फैलन नदिन यो प्रतिबन्ध लगाएको बताइएको छ। कतारमा कोरोना भाइरस संक्रमित १२ जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।