
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकृत डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर नियुक्त राज्यमन्त्री उमेश श्रेष्ठले डा. गौतमसहित चार जनाको सरुवा गर्ने निर्णय गर्नुभएको थियो ।
राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गर्नुभएको थियो । युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाउनुभएको थियो ।
यस्तै स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई सरुवा गरिएको थियो । तर प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाउनुभएको हो ।
प्रधानमन्त्रीको निर्देशनपछि सरुवा रोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।