
आज होली राजधानी काठमाडौं लगायत देशभरका पहाडी जिल्लामा धुमधामसँग मनाइँदैछ।
काठमान्डुमा वसन्तपुर क्षेत्रमा होली खेल्नको लागी युवा युवतीको सहभागिता उल्लेख्य रुपमा देखियो भने त्यस बाहेकको क्षेत्रमा घर घरमै होली खेलिएको देखियो ।


अघिल्लो वर्षहरुको जस्तो चोक चोक र गल्लीहरु सुनसान प्राय देखियो । विषेशत युवा पुस्ता माझ होली लोकप्रिय छ । साथै यस वर्षको होली मा “कोरोना हाय हाय” भन्ने नरा लगाउँदै युवाहरु होली मनाउँदै छन् ।





















कोरोना भाइरस संक्रमणको सन्त्रासले काठमाडौंमा यस वर्षको होलीमा विगतजस्तो उत्साह नभएपनि यहाँका सर्वसाधारणले शान्तरूपमा होली मनाइरहेका छन्। एकआपसमा रंग खेल्नेबाहेक होलीमा विगतजस्तो जथाभावी लोला हान्ने, रंग दल्नेलगायत उच्छृंखल गतिविधिहरू भएका छैनन्। उच्छृंखल गतिविधिहरू कतै देखिएका छैनन्।
विगतका वर्षहरूभन्दा यो वर्षको होलीमा राजधानीका सडकमा यातायातका साधन र मानिसको उपस्थिति ज्यादै न्यून छ।
ट्राफिक प्रहरीले राजधानीका ६७ वटा चोकमा ‘मापसे गरेर सवारी साधन नचलाऊ’, ‘तीव्र गतिमा जथाभावि सवारी साधन नचलाऊ’लगायत नारा लेखिएका प्लाकार्ड बोकेर उभिएका छन्।