
रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सामाजिक सञ्जालमा सत्ता गठबन्धनका नेताहरुमाथि आक्रोश व्यक्त गरेका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय सार्वजनिक भएपछि उनले आज फेसबुकमार्फत आक्रोस व्यक्त गरेका हुन् ।
उनले आफूलाई स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्य रुपमा प्रचण्ड र माधव नेपालको भीषण दवाब रहेको बताएका छन् । ‘मलाइ स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्य रुपमा प्रचण्ड र माधव नेपालको भीषण दवाब रहेछ।’
उनले भनेका छन् , ‘गुरु भट्टराई देखेर तीन कान्ला हाम्फानेहरुले यो देश बनाउँछन् भनेर कल्पना गर्नु ? म लाखौंको जागिर छोडेर ५० हजारको जागिर खान बाध्यताले आएको हो। त्यो बाध्यता मुलुक निर्माण र जनताको खुसियालीको निम्ति हो। मेरो आफ्नै व्यक्तिगत चाहना हैन। ’
भट्टराईले गरीबका छोराछोरीलाई कामना लगाएको दाबी गरेका छन्। ‘मलाइ निकाल तर मैले नियुक्त गरेका गरिब नागरिकका छोराछोरीलाई हिम्मत गर्यो भने तिम्रो सत्ता हल्लिन्छ, मजाक नगर।’ उनले भनेका छन्, ‘गरीबका छोराछोरीलाई कामना लगाएको छु। भारतीय कम्पनिलाई दिनु पर्ने ८ करोड आजै पठाउँदै छु र ट्रायल रन गर्दैछु। माकुनेसँग मैदानमा भेट्ने हो।’
उनले लेखेका छन्, ‘मैले त घोषित रुपमा भनेको हुँ, माधव नेपाल कहाँबाट चुनाव लड्छन, २ महिना म त्यहि बिताउने वाला छु। मसँग जोरी खोज्ने माकुनेलाई मैदानमा हिसाब किताब गर्छु। त्यसपछि विपक्षि दलको सरकार बनाउँन हिड्ने यस्ता अराजनितिक मान्छे कहाँ पुग्छन प्रष्ट छ। म त घोषित रुपमा भन्दैछु माकुने राजनीतिके क्यानसर हो, काटेर फाल्न आवश्यक छ।’
