
एक बर्षदेखि मोडलिङ क्षेत्रमा सकृय रहेकि सुभिशा गुरुङ्ग हेटौडा निवासी हुन । आफ्नो कर्मथलो बनाउन राजधानिमा संर्घषरत सुभिशाले हाल सम्म विभिन्न म्युजिक भिडियो, टेलिसिरियलमा अभिनय गरिसकेकि छिन् ।
आफुलाई यस क्षेत्रमा आउनुको कारण भने आफुलाई चिनाउनु हो बताउछिन् । मोडलिङ क्षेत्रमै भविष्य खोजिरहेकी २० वर्षीय सुभिशालाई नेपाल घटनाको १० प्रश्न ।
आजकाल के मा ब्यस्त हुनुहुन्छ ?
विभिन्न म्युजिक भिडियोमा ब्यस्त रहनुका साथै आफु मेकअप आर्टिष्ट भएको हुनाले त्यतातिर नि ब्यस्त छु ।
यो क्षेत्रमा कसरी आउनु भयो ?
निराश हुदै…त्यो दिन झापाको विर्तामोडमा मेरो प्रेमीको जन्म दिनमा केक लिन जादैगर्दा मोटरसाईकल दुर्घटना परि प्रेमीको निधन भएको र आफु पनि लामो समय अस्पताल बसेपछि घर बसाईमा रहे त्यस समयमा आफ्नो मन भुलाउन टिकटक प्रयोग गर्न थाले टिकटक प्रयोग गदैगर्दा पछि यस क्षेत्रमा आउने अबसर मिल्यो ।
त्यस दिनलाई कसरी सम्झनु हुन्छ ?
हामी दुई जना केक लिन जाँदै गर्दा एउटै दिशाबाट आईरहेको स्कुटरले ओभरटेक गरी हाम्रो बाईकलाई ठक्कर दियो….त्यस पछि मलाई केही थाहा भएन आँखा खुल्दा आफुलाई अस्पतालमा रहेको पाँए । त्यस पछि मलाई कसैले पनि उसको निधन भएको खबर दिनुभएन । डक्टरले मेरो अबस्था नाजुक भएकोले नभनिएको रहेछ । मलाई थप उपचार गराउन काठमाडौं ल्याईयो मैले उसलाई अन्तिम पटक पनि देख्न पाईन ।
त्यो घटना पछि आफ्नो जिवन कस्तो रहयो ?
जिवनलाई त जसो तसो चलाउदै अहिरहेकी छु तर नेपाली समाज शिक्षित भए पनि अशिक्षित रहेको पाए ।

कसरी ?
त्यो दिनको घटना पछि सबै तिरबाट मेरै कारणले प्रेमीको दुर्घटना भएको आरोप लगाइयो उसको आफन्तबाट पनि मेरो परिवारलाई तेरो छोरीको चिनामा दोस भएकोले गर्दा घटना भएको हो भन्न समेत आए, तर त्यस्तो केही थिएन ।
पहिलो अबसर कसरी मिल्यो ?
त्यती बेलाको दुखद समयमा मैले टिकटकमा पिडादाएक भिडियोहरु बनाउने गर्थे त्यसै क्रममा एउटा टिमले मेरो इमोसनल याक्ट रुचाउनु भएकोले पहिलो म्युजिक भिडियोबाट अफर आएको हो ।
तपाईको बास्तविक जिवन र मोडलिङ क्षेत्रको जिवनमा के फरक पाउनु भयो ?
थोरै मुस्कुराउदै….रिल र रियल जिवनमा धेरै फरक रहेको पाए जतिनै भित्रि पिडा भए पनि बाहिर हाँसेर हिड्नु पर्ने रहेको पाए ।
मेडालिङ क्षेत्रमा भविष्य कस्तो देख्नु भएको छ ?
आफु यस क्षेत्रमा भर्खर भर्खर पाईला टेकेकोले त्यती धेरै थाहा नभए पनि यस क्षेत्रमा निरन्तर लागीरहदाँ भविष्यमा राम्रो हुन्छ भन्ने लागेको छ ।

तपाईको विचारमा अभिनय के जस्तो लाग्छ ?
आफु भित्रको क्षमतालाई बाहिर निकालेर प्रस्तुत गर्नुनै अभिनय हो भन्ने लाग्छ ।
आगामी दिनमा कस्तो अभिनय गर्न रुचाउनु हुन्छ ?
अहिले सम्म मैले बढीजसो इमोशनल भिडियोहरुमा अभिनय गरे अब भने केही फरक किसिमका चलचित्र, म्युजिक भिडियो, लघु चलचित्र, सिरियलहरुमा काम गर्न चहान्छु जे जस्तो मिल्छ ।
सुभिशाले हाल सम्म “मेरो मन” “विछोड” जस्ता भिडियो र कलेज नेपालले निर्माण गर्दे आहिरहेको सोल्टिनी, दाई न भन्नु ल लगाएत सिरियलहरुमा अभिनय गरिसकेकि छिन् ।



