
बालाजु औद्योगिक क्षेत्रस्थित नेबिको बिस्कुट कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ ।
गए राती तीन बजेबाट लागेको आगो नियन्त्रणमा लिन नेपाली सेनाको बालाजुस्थित श्री नं.१ बाहिनी अड्डाका सहायक बाहिनीपतिको कमान्डमा १२८ जना जनशक्ति २ वटा दमकल परिचालित गरिएको थियो ।
आगलागी फैलिन नदिन नेपाली सेनाको उद्धार टोलीद्वारा एउटा ट्रस घर भत्काइएको छ भने नेपाली सेनाको दमकल सहित ८ वटा दमकल र सिम्रिक एयरको हेलिकप्टर समेत प्रयोग गरिएको थियो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत स्थानीयवासीहरुको संयुक्त प्रयासमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिइएको हो ।आगलागीबाट नेबिको बिस्कुट कारखानाको ४ वटा ब्लकमा क्षति पुगेको छ भने अन्य क्षतिको विवरण आउन बाँकी छ ।














