
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जति नै गाली गरेपनि आफू पार्टी एकता होस् भन्ने पक्षमा नै रहेको जानकारी गराउनु भएकाे बताउनुभयो ।
नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकमा मुख्यतः चार प्रस्तावमा छलफल भएको छ । केन्द्रीय कमिटीको बैठकमा सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुर्नस्थापनाको निर्णयलाई स्वागत गरिएको पन्तले बताउनुभयो ।
यसैगरी पार्टी एकताका लागि दश बुँदे सहमति पत्र तयार एवम् भेटवार्ताहरु निरन्तर भइरहेको अवस्थामा पार्टीका नेताहरुमाथि गरिएका विभिन्न टिकाटिप्पणी र लाञ्छना लाउने काम दुखद रहेको निष्कर्ष बैठकले निकालेको र विचार व्यक्त गर्दा पार्टीपंक्तिलाई जिम्मेवार एवम् संवेदनशील हुन पनि नेता नेपालले आग्ह गर्नुभएको पन्तले बताउनुभयो ।
एमाले एकताका लागि दश बुँदे सहमति पत्र तयार भइसकेको अवस्थामा नै एमाले संस्थापन पक्षले पार्टीको सदस्यता नवीकरण, पुर्नगठन लगायतका सांगठनिक कामहरु अघि बढाएकोप्रति नेपाल पक्षले गम्भीर ध्यानार्षण गराएको छ । सदस्यता नवीकरण लगायत सांगठनिक कार्यहरु तत्काल रोक्न पनि नेपाल पक्षले आग्रह गरेको नेता पन्तले बताउनुभयो ।
समग्रमा बैठकमा उत्साह र मनोबललाई कायम राख्दै पार्टी एकताबद्धमा नै जोड दिइने विषयमा छलफल भएको नेता पन्तले जानकारी दिनुभएको छ ।
नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकका निर्णयहरुबारे जानकारी गराउनुहुदै उहाँले बैठकमा सरकारमा जाने भने कुनै छलफल नै नभएको समेत बताउनुभएको छ ।बैठकमा ३५ जना केन्द्रीय कमिटी सदस्यहरुको सहभागीता रहेको थियो ।