७ बैशाख २०८२, आईतवार

चितवनमा सबै क्षेत्र अझै नखुल्ने, ३२ गतेसम्म थपियो निषेधाज्ञा

chitwan prasasan

कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न जारी गरिएको निषेधाज्ञा चितवनमा पछिल्लो समय खुकुलो पारिँदै गएको भए पनि सबै क्षेत्र खोलिएको छैन ।

विद्यालयमा पठनपाठन ठप्प छ भने ठूलो संख्यामा उपस्थित भएर गरिने सम्पूर्ण कार्यक्रमहरुमा रोक लगाइएको छ । यो रोकलाई साउन ३२ गतेसम्म लम्ब्याइएको छ । रोक लगाएपनि जिल्लामा निषेधाज्ञानको प्रभावकारी कार्यान्वयन भएको पाइँदैन ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज एक आदेश जारी गर्दै निषेधाज्ञा लम्ब्याइएको जनाएको हो ।

हेर्नुहोस्, प्रशासनको आदेश :

cddd
cddddd
cddddddd