
आज गठबन्धनका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ।
सिंहदरबारमा आयोजित कार्यक्रममा केपी शर्मा ओली नेतृत्वको सरकारमा भएका स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छानबिन गरी कारबाही गरिने कार्यक्रम पनि समावेश गरिएको हो ।
प्रधानमन्त्री देउवा, गठबन्धनबाट शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा साझा कार्यक्रम सार्वजनिक गरेका थिए। सरकारको प्राथमिकतामा कोरोनाविरूद्ध चैतभित्र सबै नेपालीलाई निःशुल्क रूपमा खोप दिने भनिएको छ ।