
राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले मन्त्रालयका मन्त्री र सचिवले गोप्य कोठामा बसेर गर्ने काम कारबाहीको विषयबारे नागरिकले पनि थाहा पाउनपर्ने बताएका हुन्छ । उनले प्रश्न उठाउँदै त्यस्तो कोठामा सिसी क्यामेरामा देखिने गरी राख्न माग गरेका हुन् ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै देवकोटाले मन्त्री र सचिवले गोप्य कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धी नदेखिएको भन्दै उनीहरुको काम कारबाही देखिनेगरी सिसी क्यामेरा राख्नु आवश्यक रहेको बताएका छन् ।
गोप्य कोठामा बसेर काम गरेको जनताले देख्न पाउनुपर्ने उनले बताएका हुन् । यसो गरेमा अनावश्यक भेटघाट बन्द हुने, कार्यालय छोडेर एनजीओ, आइएनजिओको कार्यक्रममा जाने बानीमा सुधार ल्याउने उनको भनाई छ ।