
फाइल फोटो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाले प्रचण्डसँग मिलेर पार्टी ध्वस्त बनाएको आरोप लगाएका छन् ।
पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर पार्टी नेतृत्वकै सरकार ढालेको समेत नेता नेपाललाई आरोप लगाए ।
बैठकमा ओलीले भने, ‘माधव नेपालहरूको बारेमा केही भन्नु छैन। पुष्पकमल दाहालसँग मिलेर यो पार्टी ध्वस्त पार्न लाग्नुभयो, देउवासँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थी गठबन्धन बनाउन लागे ।’
यस्तै ओलीले अब पार्टीभित्र गुट र समानान्तर गतिविधि भइरहने अवस्था अन्त्य हुने पनि जिकिर गरे । ‘साथीहरू माधवजीलाई केही नभन भन्नुहुन्छ । म भन्न पनि चाहन्न धेरै साथीहरूले कुरा बुझिसके सबै फर्कनुहुन्छ। छिटो छिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्दछु।’