
फाइल फोटो
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संसदबाट पारित गर्न नहुने बताउनुभएको छ ।
राष्ट्रिय सभा बैठकमा सांसद बिडारीले एमसीसीलाई संसदबाट पारित गर्नैपर्ने संवैधानिक व्यवस्था नरहेको बताउनुभयो ।
एमाले अध्यक्ष ओलीले हिजो प्रतिनिधिसभामा एमसीसी खोजेकोमा पनि बिडारीले आपत्ति जनाउनुभयो । एमसीसी संसदमा ल्याउनैपर्ने कारण पुष्टि गरेर देखाउन पूर्व प्रधानमन्त्री ओलीलाईचुनौती दिनुभयो ।
सांसद बिडारीले पूर्व प्रधानमन्त्री ओलीको कार्यकालमा भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको भन्दै प्रधानमन्त्री ओलीसँग कुरा मिलाएर पो हो कि भन्ने प्रश्न उठाउँदै गम्भीर आशंका व्यक्त गर्नुभयो ।
बिडारीले प्रधानमन्त्री भैसकेको व्यक्तिले बोल्दा मर्यादा नराखेको टिप्पणी गर्नुभयो ।