९ बैशाख २०८२, मंगलवार

कोरोना प्रभाव : युरोपबाट अमेरिका यात्रामा प्रतिबन्ध

donald trump

राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस संक्रमण रोकथाम गर्न युरोपेली देशबाट अमेरिकाको यात्रामा प्रतिबन्ध लगाइएका छन्।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि अमेरिकाले युरोप यात्रामा प्रतिबन्ध लगाएको छ। बुधबार टेलिभिजन सम्बोधन गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० दिनसम्मका लागि युरोप यात्रामा रोक लगाएको घोषणा गरेका हुन्। 

राष्ट्रपति ट्रम्पले सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका निम्ति प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन्। बीबीसीका अनुसार टेलिभिजन सम्बोधनमार्फत ट्रम्पले बेलायतको हकमा भने यो नियम लागु नहुने बताएका छन्। 

सम्बोधनमार्फत् ट्रम्पले भने,  ‘हाम्रो क्षेत्रमा नयाँ संक्रमण भित्रिन नदिन हामीले युरोपबाट अमेरिकामा हुने सबै किसिमका यात्रामा प्रतिबन्ध लगाएका छौं ।’ ‘हाम्रो शत्रु समान छ, वास्तवमा कोरोना भाइरस पूरै विश्वको शत्रु हो । हामी यसबाट छिटोभन्दा छिटो सुरक्षित रहनुपर्छ । मेरालागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’

‘नयाँ संक्रमण प्रवेश गर्न नदिन युरोपयात्रामा ३० दिनका लागि रद्द गर्दैछौं,’ उनले भने। यो घोषणा शुक्रबार मध्यरातदेखि लागू हुने बताइएको छ। ट्रम्पले कोरोनाबाट अमेरिकी अर्थतन्त्रलाई प्रभावित हुन नदिन करमा राहतका प्रावधान पारित गर्न कंग्रेसलाई आग्रह गरेका छन्।

अमेरिकामा भने हालसम्म १ हजार १ सय ३५ जनामा कोरोना लागेको प्रमाणित भइसकेको छ भने ३८ जनाको मृत्यु भइसकेको छ। 

https://www.facebook.com/WhiteHouse/videos/191563555476703/