
चितवनमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ४१० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ४ जना संक्रमितको निधन भएको छ । जसमा दुई जना चितवनका, एक जना नवलपुरका र एक जना पर्वतका रहेका छन् ।