
पाल्पामा बाबुले चलाएको बन्दुकको गोली लागेर आफ्नै छोराको निधन भएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याल मार्न हानेको गोली लागेर छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका धनबहादुरलाई लागेर निधन भएको हो ।
गोली चलाउने कर्णबहादुरलाई बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी कार्यालयले जनाएको छ ।