
चीनबाट माहामारिको रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको विश्व स्वास्थ्य सङ्गठनले बताएका कारण अहिले हरेकको मनमा त्रास उत्पन्न भएको छ । नेपाल सरकारले यसको जोखिमलाई मध्यनजर गर्दै भिडभाड हुने सभा समारोह नगर्न आग्रह गरिसकेका छन ।
यसैलाइ मध्यनजर गर्दे नेपाली फिल्मकर्मिहरुले पनि दर्शकको स्वास्थ्यलाई ख्याल गर्दै फिल्मको प्रदर्शन स्थगित गरिरहेका छन् भने चलचित्र निर्माता सँघले समेत हाल छायाँकन भइरहेको फिल्महरुको छायाँकन रोक्न प्रेस बिज्ञप्तिमार्फत आग्रह गरिसकेका छन ।

यसबीच, पनि दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा बन्ने फिल्म २ नम्बरी छायाँकन सुरु गरिएको छ । बिहीवारबाट फिल्मको छायाँकन पोखराबाट सुरु गरिएको हो ३५ दिनमा छायांकन सक्ने लक्ष्य लिएर फिल्मको सम्पुर्ण टिम हाल पोखरा पुगेका छन । दुई साथीको कथामा निर्माण हुने फिल्मको सम्पूर्ण छायांकन पोखरा आसपासमा गरिने भएको छ ।

२०७७ सालको जनैपुर्णिमामा प्रदर्शन हुने फिल्ममा दयाहाङ राई पल शाह बर्षा राउत बुद्धि तामाङ र भुटानि अभिनेत्री उगेन छोदेन लगायत कलाकारहरुको अभिनय रहने छ । र फिल्मको सेटमा दयाहाङ राई उगेन छोदेन लगायतका कलाकारहरु पुगेका छन भने पल र बर्षा केहि दिनमा फिल्मको छायाँकन सेटमा जोडिने बताइएका छ ।

रेड बर्ड प्रोडक्सन प्रा लि र आर आर फिल्मसको ब्यानरमा बन्ने फिल्मको प्रस्तुतकर्तामा किरन नेपाली कार्यकारी निर्मातामा रोहित कट्ठेत र सरोज नेपाली सह निर्मातामा अमला देबि राई रहेका छन । अभिनेता द्वय दयाहाङ र पल शाहले पहिलोपटक सँगै काम गर्न लागेका हुन ।