
फाइल फोटो
पूर्व शिक्षा मन्त्री एवम नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले नेपालको वास्तविक क्षेत्रफल कति हो भन्दै छिटो सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठकमा बोल्दै पोखरेलले गत वर्ष नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटेर प्रकाशन गरेपनि हालसम्म वास्तविक क्षेत्रफल निश्चित नगर्दा अन्योल भइरहेको बताउनुभयो ।
नेता पोखरेलले आफू शिक्षामन्त्री भएको बेलामा विज्ञ टोलीले गरेको अध्ययनबाट नेपालको क्षेत्रफल ४ सय ६० दशमलव २८ वर्गकिलोमिटर वृद्धि भएको जानकारी दिनुभयो ।
अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटेर सार्वजनिक गरिएपनि सरकारले अहिलेसम्म वास्तविक क्षेत्रफल सार्वजनिक गरेको छैन ।