
फाइल फोटो
एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ बुँदे वक्तव्य जारी गर्दै पार्टी फुटाउने षड्यन्त्र मान्य र क्षम्य नहुने बताएका छन्।
सोमबार आफ्नो निवास बालकोटमा पार्टीका नेताहरुसँग छलफल गरेपछि ओलीले विज्ञप्ति जारी गरेका हुन् । राजनीतिक दलसम्वन्धि विधेयक अध्यादेशमार्फत ल्याउने तयारीसहित आज संसद अधिवेसन अन्त्य गरिएको थियो ।
ओलीले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु ।’
ओलीले आज मंगलबारका लागि स्थायी कमिटी बैठक र संसदीय दलको बैठक पनि बोलाएका छन्।

