
फाइल फोटो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउन खोजे कांग्रेसलाई महँगो पर्ने चेतावनी दिएका छन् ।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेश कांग्रेसका लागि महँगो पर्ने बताएका हुन् ।
एमाले फुटाउन खोज्दा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै गठबन्धनले ऐतिहासिक भनेको सर्वोच्च अदालतको फैसलाको समेत अध्यादेशले अवहेलना गर्ने ओलीको भनाई छ ।
नेता गोकुल बास्कोटाका अनुसार एमालेले गलत मनाशाय र उद्देश्य राखेर ल्याइएको अध्यादेश तत्काल फिर्ता लिएर तीन दिनभित्र संसद अधिवेशन बोलाउन समेत सरकारलाई चेतावनी दिएको हो ।