
नेकपा एमाले औपचारिक रुपमा विभाजनको संघारमा पुगेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयसम्म पनि सुध्रिने संकेत नदेखाएपछि पार्टी विभाजनको अन्तिम चरणमा पुगेको नेपाल पक्षका एक युवा नेताले बताए ।
पार्टी विभाजनका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षर समेत संकलन भैसकेको उनले बताए । कतिजना र क–कस्ले हस्ताक्षर गरे भन्ने खुलाउन नचाहे पनि ती नेताका अनुसार अध्यादेश अघिको ४० प्रतिशत थ्रेसहोल्ड पुग्ने संख्यामा रहेको दाबी गरे ।
उनका अनुसार पार्टीको नाम के राख्ने भन्नेबारे अहिले छलफलकै क्रममा रहेको छ । तर नेकपा एमाले समाजवादी वा नेकपा समाजवादीमध्ये कुनै एक रहने तय भएको बताए ।
पार्टी विभाजन भए एमाले उपाध्यक्ष वामदेव गौतम पक्ष पनि नयाँ पार्टीमा रहने ती युवा नेताको दाबी छ । यसैबीच नेपाल समूहका नेताहरु आन्तरिक छलफलका लागि अहिले नयाँ बानेश्वरमा भेला भएका छन् ।
भेलामा गौतम पत्नी तथा एमाले नेता तुलसा थापा पनि सहभागी हुनुभएको छ ।