
एक नवजात शिशु कोरोनाभाइरस संक्रमित हुने विश्वको सबैभन्दा कान्छो व्यक्ति बन्न पुगेको छ।
द सनले जनाए अनुसार बच्चाको आमालाई केही दिन अघि निमोनियाको शंकामा लन्डनको एक अस्पताल लगिएको थियो ।
कोरोना भाइरसको पुष्टी पछि आमा र बच्चालाई छुट्टा छुट्टै राखिएको छ ।
बच्चा जन्माउँदा सम्म उनलाई कोरोना संक्रमण रहेको थाहा थिएन। नर्थ मिडेलसेक्स, एनफील्ड अस्पतालमा उनको स्वास्थ परीक्षण गरिएको थियो।
बच्चाको जन्म भएको केही मिनेटमा अस्पतालमानै परीक्षण गरियो, जहाँ उनले अझै उपचार पाईरहेकी छन्। यसै बीचमा, आमालाई संक्रमण विशेषज्ञ अस्पतालमा सारिएको छ।
आमा र नवजात शिशुको सम्पर्कमा आएका अस्पतालका स्टाफलाई छुट्टै बस्न निर्देशन दिइएको छ ।
बच्चाले गर्भमा वा जन्मने क्रममा भाइरस संक्रमित भएको कुरा अज्ञात छ।