
नेकपा एमाले संसदीय दलको आज बसेको बैठकले सरकारले ल्याएको राजनैतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिई तत्काल संसद्को अधिवेशन बोलाउन माग गरेको छ ।
संसद् भवन नयाँ बानेश्वरमा बसको बैठकले जारी अध्यादेशले दशलाई राजनैतिक अस्थिरता तर्फ लैजाने भन्दै फिर्ता लिन माग गरेको हो ।
यस्तै बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन तथा बेलायतमा अनसनरत भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न सरकारसँग माग गरेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।