
आज नेकपा एमाले समाजवादी दर्ता गरेका माधवकुमार नेपाल र नेता रामकुमारी झाँक्रीको फोटो यतिबेला भाइरल बनेको छ ।
नेतृ रामकुमारी झाँक्रीले नेता नेपाललाई हात समाएरै निर्वाचन आयोगमा लैजाँदै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको हो । सन्देश स्पष्ट छ– नेपाल समूहमा सबैभन्दा आक्रामक र अध्यक्ष ओलीसँगै सम्झौतै नगर्ने अडानमा झाँक्री थिए ।
नेपालले झण्डै ८ महिनादेखिको अन्तर्संघर्षपछि नयाँ पार्टी दर्ता गरेका छन् । आधा–आधा अवस्थामा रहेको नेपाल समूह विभाजित अवस्थामा भने आकार सानो देखिएको छ । दल दर्तासँगै आफूहरु माधव नेपालको पार्टीमा नभएको सार्वजनिक अभिव्यक्ति उनको विगत गुटमा रहेका नेताहरुबाट आउन थालेका छन् ।
स्थायी कमिटीका अधिकांशले नेता नेपालको साथ छाडेका छन् । दुई जना मात्रै नेपालको नयाँ पार्टीमा छन् ।