
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताएका छन् ।
बिहिबार जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै ओलीले देशभरको सरकारमा एमाले कै बहुमतको सरकार रहेको बताएका हुन् । ।
उनले आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभएको बताएका छन् । प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै आफू ती सरकारको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्ति रहेको बताए ।
उनले भने– ‘स्थानीय तह र प्रदेश सरकारमा हाम्रो नै बहुमत छ । हामी अहिले पनि देश बनाउने अभियानको नेतृत्व गरिरहेका छौँ ।’ देशको विकासमा एमालेको अर्जुन दृष्टि रहेको बताउँदै त्यसतर्फ लाग्न आग्रह समेत गरेका छन् ।