
सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेकपा एमालेको भातृ संगठन युवा संघले विरोध प्रदर्शन गरेको छ।
बानेश्वर चोकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर राष्ट्रिय युवा संघ नेपालले सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी अध्यादेशको विरोध प्रदर्शन गरेको हो ।
युवा संघका प्रदर्शनकारीहरुले देउवा सरकारको साथै नवगठिन नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध समेत नारा लगाएका थिए।





















