
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाध्य भएर आफूहरुले नेकपा एमालेको पुनर्गठन गरेको बताउनु भएको छ ।
शुक्रवार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै नेता नेपालले बाध्य भएर विद्रोह गर्दै नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरिएको बताउनु भएको हो ।
केपी शर्मा आलीले एकताका सबै ढोका बन्द गर्दै आफूहरुकै पहलमा लोकप्रिय बनेको नेकपा एमालेलाई कब्जा गरेर पार्टीलाई समाप्त पार्ने कोशिस गरेको उहाँको आरोप छ ।
नेता नेपालले कम्युनिस्ट पार्टी र आन्दोलनमार्फत नेपाली जनताले चाहेको संस्कृति एवं समृद्धिको लागि सबैबाट सकारात्मक सहयोगको अपेक्षा गरेको उल्लेख गर्नु भएको छ । नयाँ पार्टीको दर्ता प्रक्रिया सकिने बित्तिकै केन्द्रीय कमिटीलाई पूर्णता दिईने उहाँको भनाई छ ।
नेता नेपालले छिट्टै राष्ट्रिय सम्मेलन गरी केन्द्रीय कमिटीमा समावेश हुन नसकेका योग्य नेताहरूलाई समावेश गरीने जानकारी दिनु भएको छ ।
