९ बैशाख २०८२, मंगलवार

तालिबानले नेटोमा काम गर्नेलाई घर–घर गएर खोज्दैछ : संयुक्त राष्ट्र संघ

taliwan

अफगानिस्तानमा तालिबानले नेटो सदस्य राष्ट्रसँग काम गरेका मानिसलाई खोजी गरिरहेको संयुक्त राष्ट्र संघले जनाएको छ । राष्ट्र संघले एक रिपोर्टमा तालिबानले घर–घरमा गएर उनीहरुको खोजी गरिरहेको उल्लेख गरेको हो ।

उनीहरुले नेटोमा काम गर्ने मानिसलाई नभेटे परिवारका सदस्यहरुलाई धम्की दिइरहेको राष्ट्र संघको दाबी छ। नर्वेनियन सेन्टर अफ ग्लोबल एनालाइसिसले तालिबानले टार्गेटमा राखेको व्यक्तिलाई पक्राउ गर्न सक्ने, हत्या गर्नसक्ने, परिवारका सदस्यालाई सजाय दिन सक्ने सम्भावना रहेको समेत जनाएको छ।

उता तालिबानले भने आफूले सबैलाई माफी दिएको र बदला लिनका लागि कसैलाई पनि अपहरण गर्ने, बन्धक बनाउने वा हत्या गर्ने काम नगर्ने जनाएको बताइरहेको छ ।