
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कसैलाई पनि विभाजनको पक्षमा नजान आह्वान गरेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार भएको छलफलपछि प्रतिक्रिया दिँदै उनले पार्टीमा फर्किएमा कसैमाथि अन्याय नहुने बताए ।
भट्टराईले भने “म यहाँमार्फत भन्न चाहन्छु । देशभरका नेकपा एमालेका सम्पूर्ण कमरेडहरुलाई, हामी कोही पनि विभाजनको पक्षमा नजाऔँ । एकताको पक्षमै कायम होऔँ,” ।
यस्तै, भट्टराईले वरिष्ठ नेता माधव कुमार नेपाल हतारिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा गएको बताए । उनले आफूनिकट केन्द्रीय कमिटी सदस्यहरुसँग छलफल नै नगरी निर्णय गरेको आरोप पनि लगाए ।
“उहाँले हतारमा, स्थायी कमिटीको टिम जो उहाँसँग रह्यो त्यो टिमसँग निर्णायक छलफल नगरिकन, उहाँसँग रहनुभएका केन्द्रीय कमिटीका सदस्यसँगको छलफलले गरेको क्यान्डेट बाहिर जानुभयो । केन्द्रीय कमिटीसँग छलफल नगरेर उहाँले हतार गर्नुभयो,” उनले भने ।