
परीक्षा बोर्डको वेबसाइटबाट आजको विज्ञप्ति डिलिट !
त्रिभुवन विश्वविद्यालयले चैत ६ गतेको परीक्षा यथावत रुपमा सञ्चालन हुने जनाएको छ । बुधबार साँझ एक सूचना जारी गर्दै त्रिविले सो कुराको जानकारी दिएको हो ।
विश्वविद्यालयले कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै क्याम्पस र कलेजका कक्षा सञ्चालन एवम् चैत ७ गतेपछिका परीक्षाहरु सञ्चालनका सम्बन्धमा बिहीबार (चैत ६) गते सूचना प्रकाशित गर्ने समेत जनाएको छ ।
चैत ६ गतेको त्रिविका परीक्षा यथावत, चैत्र ७ गते पछिका सुचना जारी हुने
बुधबारै सरकारले एसईई लगायत मुलुकभरका शैक्षिक संस्थाहरुमा सञ्चालन हुन लागेका परीक्षा र पठनपाठन स्थगित गर्ने निर्णय गरेको थियो ।

यस्तै : परीक्षा बोर्डको वेबसाइटबाट आजको विज्ञप्ति डिलिट !
नेपाल राष्ट्रिय परीक्षा बोर्डले बुधवार अपराह्न आफ्नो वेबसाइटमा राखेको एसईई परीक्षासम्बन्धी सूचना हटाएको छ ।
बिहीवारदेखि हुन गइरहेको माध्यामिक परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको भन्दै सबै परीक्षार्थीहरूलाई अग्रिम शुभकामना दिएको सूचना वेबसाइटमा थियो ।
तर कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बुधवार साँझ करीब ५ बजे एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि ३ घण्टासम्म पनि वेबसाइटबाट सूचना नहटाएपछि परीक्षार्थी र आमजनतासमेत रनभुल्लमा परेका थिए । साँझ करीब साढे ९ बजेमात्र वेबसाइटबाट उक्त सूचना हटेको थियो ।
