
प्रस्तावित नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेता महन्थ ठाकुरसहित अन्य नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । उनीसहित जसपाका अन्य नेताहरु पनि निर्वाचन आयोग पुगेका छन् ।
उनीसँगै लोसपका अर्को नेता राजेन्द्र महतो पनि पुगेका छन् । निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेपछि उनीहरुलाई आयोगले आज सनाखतको लागि बोलाएको छ । पार्टीमा सनाखत र नयाँ दलको आधिकारिकता लिन नेताहरु अहिले निर्वाचन आयोगमा पुगेका हुन् ।
उनीहरुले जसपाबाट फुटेर नयाँ दल दर्ताका लागि लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) दर्ताका लागि निवेदन गरेका छन् । लोसपा सनाखतको लागि उनीहरु आयोग पुगेका हुन् ।