१० बैशाख २०८२, बुधबार

मुख्यमन्त्री राईलाई प्रदेश १ मा राजीनामा गराउने, भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

Sherdhan Rai Bhim Acharya 1
फाइल फोटो

प्रदेश १ मा नेकपा एमालेको संसदीय दलको बैठक बोलाइएको छ । संसदीय दलले बिहीबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाएको हो ।

एमाले पार्टी विभाजनपछि प्रदेश १ मा यो संसदीय दलको पहिलो बैठक हो ।

आजको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी रहेको बुझिएको छ । राईको राजीनामापछि एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको छ ।

आजको बैठकले माधवकुमार नेपाल समूहमा लागेका सांसदलाई कारबाही गर्न सक्ने सम्भावना पनि रहेको बताइएको छ ।

प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बैकठमा समसामयिक विषयमा छलफल हुने जानकारी दिनुभएको छ ।

पार्टी विभाजनपछि केन्द्र र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय तोकिएको छ ।