
सरकारले तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई राहत दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बैठकले कोरोना विरुद्धको एम आर ए एन ए खोप तथा हैजा विरुद्धको खोपको क्लिनिकल परीक्षणका लागि स्वीकृति दिने पनि निर्णय गरेको मन्त्री कार्कीले बताउनुभयो ।
बैठकले अतिकम विकसित राष्ट्रहरूको एसिया प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा नेपालको तर्फबाट भर्चुअल रूपमा सहभागिता जनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई मनोनयन गर्ने निर्णय गरेको छ ।