
अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको भएको छ ।
विमानस्थल परिसरमा बिहीबार आत्मघाती आक्रमण भएको अमेरिकी सेनाले पुष्टि गरेको छ। घटनास्थलमा गोली समेत चलेको बिबिसीले जनाएको छ । विस्फोटमा परी महिला बालबालिकासहित कम्तीमा ११ जनाको निधन भएको बीबीसीले जनाएको छ ।
तालिबानका केही सुरक्षाकर्मीहरू समेत घाइते भएका एक जना तालिबान अधिकारीले बताएका छन् । हताहतीको बारेमा भने कुनै पुष्टि नभएको बीबीसीले जनाएको छ ।
अमेरिका लगायतका देशले काबुल विमानस्थलमा आतंकवादी हमला हुनसक्ने बताउँदै आएका थिए ।