
फाइल फोटो
नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोका कारण फेरि अवरुद्ध बनेको छ।
अविरल वर्षाले सेतीदोभानमा पहिरो खसेपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
राति ८:२० बजे चितवनको भरतपुर महानगरपालिका-२९ सेतिदोभानस्थित नारायणगढ-मुग्लिन खण्डमा अविरल बर्षाको कारण पहिरो खस्दा बाटो दुवैतर्फ पूर्ण रुपमा अवरोध भएको थापाले जानकारी दिए।
पहिरोले दुवैतर्फ पूर्ण रुपमा अवरुद्ध भएको छ । तत्काल बाटो सञ्चालन हुने सम्भावना नभएको उनले बताए।