
कमेडी च्याम्पियन पहिलो सिजन सकिएपछि सो कार्यक्रमकी निर्मात्रीमध्ये एक तथा कार्यक्रम सञ्चालिका रीमा विश्वकर्मा बिदा मनाउन माल्दिभ्स पुगेकी छिन्। ‘कमेडी च्याम्पियन’ सकिएसँगै यसको निर्माणपक्ष नयाँ शोको तयारीमा छ ।
बेलाबखत घुमिरहन रुचाउने रीमा कार्यक्रमका कारण लामो समयदेखि काठमाडौं छाड्न पाएकी थिइनन्। शोको होस्ट गर्दा नेपाल बाहिर निस्कन नपाएकी रीमा यतिबेला भने माल्दिभ्स पुगेकी छिन् । चलचित्र ‘हिजो आजका कुरा’को छायांकन सकेकी रीमाले शोको होस्ट भएर राम्रै चर्चा पाइन् ।
सायद, यही थकान भुलाउनका लागि उनी माल्दिभ्समा रमाउन पुगेको हुनुपर्छ । उसो त, सरकारले अहिले अत्यावश्यक काम बाहेक विदेश नजान नागरिकलाई आग्रह गर्दै आएको छ ।

सामाजिक संजालमा कतिपयले रीमालाई यस्तो अवस्थामा विदेश किन गएको भन्दै प्रश्न पनि गरेका छन् । तर, रीमाले सामाजिक संजालमा पोष्ट गरेको तस्वीरमा उनी स्विमिङ पूलमा रमाइरहेकी छिन् । माल्दिभ्स बलिउड सेलिब्रिटीका लागि सबैभन्दा मनपर्ने गन्तव्य हो ।
अब, विस्तारै नेपाली कलाकारका लागि पनि यो देश आकर्षणको केन्द्रमा पर्न थालेको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण सकेसम्म घुमफिर नगर्न सरकारले आग्रह गरिरहेको छ। तर उनको घुम्ने चाहनालाई कोरोनाको त्रासले रोक्न सकेन।