
नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच सदस्यीय ‘हाइकमान्ड’ गठत गर्ने तयारी गरेको छ । एकीकृत समाजवादी पार्टीले तत्काल निर्णय गर्नका लागि हाइकमान्ड गठन गर्ने तयारी गरेको हो ।
हाइकमान्डमा माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रमेशकुमार हमाल र बेदुराम भुसाल हुनेछन् । वामदेव गौतम पनि केही समयपछि थपिने बताइएको छ ।
एकीकृत समाजवादी पार्टीका एक नेताका अनुसार हाइकमान्डले पार्टीको राजनीतिक तथा सांगठानिक गतिविधि, राजनीतिक तथा संवैधानिक नियुक्ति र शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने छ ।