
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।
शुक्रबार कार्यक्रमको आयोजना गरी महाशाखाले हस्तान्तरण गरेका २४ मध्ये २० वटा मोटरसाइकल र ४ वटा स्कुटर रहेका छन्। महाशाखाले उपत्यकाका पशुपति, नागर्जुन नगरपालिका पुतलीसडक, ठमेल, बालाजु, कपन, थली, सानेपा, महाराजगंज, एकान्तकुना, राधेराधे, सामाखुसी, चावहिल, बानेश्वर, टोखा, पाटन अस्पताल, शेषमती, गोल्ढुङ्गा, सेतोपुल, बिजुलीबजार, भृकुटीमण्डप र बूढानीलकण्ठलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित सवारी धनीलाई मोटरसाइकल हस्तान्त्रण गरेका हुन्।