
अफगानिस्तानको काबुलस्थित हदिम कर्जाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको आत्मघाती बम विस्फोटमा निधन हुनेको संख्या ११० पुगेको छ ।
शुक्रवार भएको बम आक्रमणमा मारिनेमा अधिकांश अफगानी नागरिक रहेका छन्। विस्फोटमा १३ जना अमेरिकी सेवाका कार्यरत कर्मचारी र २८ जना तालिवानी लडाकु समेत रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
काबुल विमानस्थल बाहिर भएको आक्रमणको जिम्मेवारी आइएसआइएसले लिएको छ। अफगानिस्तानमाथि तालिवानले नियन्त्रण कायम गरेपछि काबुल विमानस्थलबाट बाहिरिने क्रम बढ्दै गर्दा आक्रमण भएको हो। आक्रमणपछिको काबुलको अवस्था बारे अझै स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन।
काबलु विमानस्थलबाट उद्धार कार्य फेरि सुरु भएको छ।