९ बैशाख २०८२, मंगलवार

सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग कुनै छलफल भएकाे छैन : ठाकुर

deuba mahantha

प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जनाएको छ ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिरहेका बेला नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा आफ्नो पार्टीसँग कुनै छलफल नभएको प्रष्टयाउनु भएको हो ।

शुक्रबार बबरमहलस्थित आफ्नै पार्टीको केन्द्रीय कार्यालयमा संञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले पार्टी दर्ता नै भर्खर भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आफूहरुले आवश्यक निर्णय गर्ने बताउनुभयाे ।

अध्यक्ष ठाकुरले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरी नसकेको स्पष्ट पार्नुभयो । उहाँले सञ्चारकर्मीमाँझ भन्नुभयो, ‘हामी सत्तारुढ गठबन्धनमा छैनौं । चुनाव घोषणा भएपछि त्यस विषयमा पनि विचार गरौंला ।’